अर्थ-वाणिज्य

एमालेलाई आक्रोशित र जनतालाई उत्तेजित बनाए परिणाम भयावह हुने ओलीको चेतावनी



काठमाडौं ३१ भदौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण आन्दोलनमा दमन गरेर जनतालाई नजिस्काउन सरकारलाई चेतावनी दिएका छन् ।

काठमाडौं जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको बताए ।  आफू सरकारमा बस्दा शान्तिपूर्ण जुलुसमा लाठी समेत नहानेको उनको दाबी छ । तर नयाँ सरकार बन्नासाथ शान्तिपूर्ण रुपमा बोल्न समेत नदिएको ओलीको आरोप छ ।प्रमुख विपक्षी नेता ओलीले भने, ‘म सरकारलाई चेतावनी दिन चाहन्छु, जनतालाई उत्तेजित नबनाऊ, नजिस्काऊ । शान्तिपूर्ण आन्दोलनको सीमाभित्र रहन चाहन्छन् जनता, प्रतिवादमा उत्रिनुपर्ने बाध्यकारी अवस्थामा नपुर्‍याऊ ।’

प्रकाशित : ३१ भाद्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६