बुटवल ७ असार।लुम्बिनी प्रदेशसभाको बैठक आइतबारसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको छ । सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमाथिको छलफल बिहीबारदेखि सुरु भएको थियो ।दोस्रो दिनको पन्ध्रौं बैठक शुक्रबार दिउँसो २ बजे बसेको थियो । बैठक सुरु भएलगत्तै विपक्षी दलका नेता एवं पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष समय माग गरेर बोल्दै बजेट संघीयता विरोधी भएको…