कपिलवस्तु १५ मंसिर, । सरकारी नियम अनुसार गाडी सुविधा नपाउने कर्मचारीले पनि चोर बाटोबाट इन्धन सुविधा लिइरहेको पाइएको छ । अर्थ मन्त्रालयको कार्यसञ्चालन निर्देशिका २०७७ अनुसार सचिव र सहसचिव स्तरका कर्मचारीले मात्र गाडी सुविधा पाउँछन् । हालै सरकारले कर्मचारीलाई इन्धनबापत नगद सुविधा दिने निर्देशिका जारी गरेपछि पनि सरकारी निकायहरुले उपसचिव र अधिकृतको गाडी सुविधा खोसेनन्…