रुपन्देही १९ साउन । नेकपा एमाले समर्थित अनेरास्ववियु रुपन्देहीले बुधबार बुटवलमा टर्च जुलुस गरेको छ ।टर्च बोकेका अखिलका नेता तथा कार्यकर्ताहरुले बुटवल बहुमुखी क्याम्पसदेखि ट्राफिकचोकसम्म जुलुस गरेको अनेरास्ववियु रुपन्देही उपाध्यक्ष भरत अर्यालले बताए ।जुलुसका सहभागीहरुले ‘सुन तस्कर पेरिसडाँडामा, भरिया थुनामा’ लगायतका विभिन्न प्लेकार्ड बोकेका थिए । जुलुसको नेतृत्व अखिलका जिल्ला अध्यक्ष रमेश ढकालले गरेका थिए…