काठमाडौं ३१ असार । नेकपा एमालेले तीनै तहका जनप्रतिनिधिलाई पार्टी कमिटीका कार्यकारी पदको जिम्मेवारीमा नराख्ने भएको छ । केन्द्रीय सचिवालयको शनिबारको बैठकले यसबारे टुंगो लगाएको र अन्तरपार्टी निर्देशनमा विस्तृत जानकारी आउने एक नेताले बताए ।एमालेका प्रदेश र जिल्ला अधिवेशनहरुको मिति तोकिएकै बेला पार्टी सचिवालयले संघीय र प्रदेश सांसदका साथै नगरपालिकाका मेयर, उपमेयर र गाउँपालिकाका अध्यक्ष(उपाध्यक्ष…