कपिलवस्तु १४ बैशाख ।लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता डिल्ली चौधरी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले कांग्रेस संसदीय दलका नेता चौधरीलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।नेकपा एमाले दलका नेता लीला गिरीले प्रदेश सभाबाट विश्वासको मत नपाएपछि गत मंगलबार प्रदेश प्रमुखले…