काठमाडौँ १६ मंसिर — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आगामी कार्यकालको लागि कमल थापा र राजेन्द्र लिङ्देनले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिने तयारी गरेका छन् । एउटै व्यक्तिलाई दुवैले आफ्नो प्यानलमा पार्न कोसिस गरिरहेका छन् ।चितवनका विक्रम पाण्डेलाई दुवै समूहले उपाध्यक्षको सूचीमा राखेका छन् । थापाको प्यानलमा उपाध्यक्षमा बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्कीलाई समेट्न खोजिएको…