अर्थ-वाणिज्य

कमल थापा र राजेन्द्र लिङ्देनले किन छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिने तयारी गरे त ?



काठमाडौँ १६ मंसिर — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आगामी कार्यकालको लागि कमल थापा र राजेन्द्र लिङ्देनले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिने तयारी गरेका छन् । एउटै व्यक्तिलाई दुवैले आफ्नो प्यानलमा पार्न कोसिस गरिरहेका छन् ।
चितवनका विक्रम पाण्डेलाई दुवै समूहले उपाध्यक्षको सूचीमा राखेका छन् । थापाको प्यानलमा उपाध्यक्षमा बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्कीलाई समेट्न खोजिएको छ । त्यस्तै महामन्त्रीमा भुवन पाठक र कुन्ती शाही सम्भावित सूची तयार गरिएको थापा निकट एक नेताले बताए ।
त्यस्तै लिङ्देन प्यानलबाट उपाध्यक्षमा रामचन्द्र राय र दिलविकास राजभण्डारीलाई सूचीमा राखिएको छ । महामन्त्रीमा धवलशम्शेर जबरा उम्मेदवार हुने निश्चित छ । अभिनेतृ रेखा थापाले पनि महिलातर्फ महामन्त्रीमा उम्मेदवारी दिने महाधिवेशनस्थलमा घोषणा गर्दै प्रचार थालेकी छन् । महाधिवेशनले पारित गरेको विधानमा १ सय ९९ केन्द्रीय कार्यसमितिमध्ये ६६ जना महिला हुने व्यवस्था गरिएको छ । विधानमा केन्द्रीय कार्यसमितिमा अध्यक्ष १, उपाध्यक्ष ६, महामन्त्री ६ र कोषाध्यक्ष १ जना हुने व्यवस्था छ । त्यस्तै सहमहामन्त्री ७, सहायक महामन्त्री ७, सहकोषाध्यक्ष १ र सहायक प्रवक्ताहरु हुनेछन् । महाधिवेशनबाट अध्यक्ष, एक महिलासहित ३ उपाध्यक्ष, एक महिलासहित तीन महामन्त्री निर्वाचनबाट चुनिनेछन् ।

केन्द्रीय सदस्य ५८ जना खुला प्रतिस्पर्धाबाट निर्वाचित हुने प्रावधान थपिएको छ । आदिवासी जनजातिबाट १४, मधेसबाट ११, उत्पीडित ३, मुस्लिम ३, कर्णाली तथा पिछडिएका क्षेत्र २, थारू २, प्रवासबाट २ जना छानिने छन् ।

प्रकाशित : १६ मंसिर २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६