काठमाडौँ २१ असोज ।सरकारले विद्यालय तहदेखि विश्वविद्यालयसम्मका सबै तहको परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी सबै मापदण्ड पूर्णरुपमा पालना गरी सबै तह र विषयका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो । स्वास्थ्य मापदण्ड पालना गरी परीक्षासम्बन्धी आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालय तथा विश्वविद्यालय तथा…