काठमाण्डौ १४ पुस ।उज्बेकिस्तानले भारतमा बनेको खोकीको झोल औषधि खाँदा १८ बालबालिकाको ज्यान गएको दाबी गरेको छ । उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले नोएडाको कम्पनी मेरियन बायोटेकले बनाएको झोल औषधी ’डक–१ म्याक्स’ खाएका १८ जना बालबालिकाको ज्यान गएको दाबी गरेको हो । यो औषधिमा परीक्षणका क्रममा इथिलिन ग्लाइकोल नामक विषाक्त पदार्थ भेटिएको पनि त्यहाँको स्वाथ्य मन्त्रालयले दाबी…