जनकपुरधाम १७ फागुन : सिरहाको एक विद्यालयमा विद्यार्थीले ढिलो आएको भन्दै प्रधानाध्यापकलाई एक घण्टा थुनेका छन् । कल्याणपुर नगरपालिका वडा(५ भोक्राहास्थित आधारभूत विद्यालयका प्रधानाध्यापक राजकुमार साहलाई विद्यार्थीले उनकै कार्यकक्षमा एक घण्टा थुनेका हुन् । प्रधानाध्यापक र शिक्षकलाई समयमा आउनुपर्ने, नियमित पठनपाठन हुनुपर्नेसहितका माग राख्दै यो विद्यालयका विद्यार्थीहरु आइतबारदेखि आन्दोलनमा उत्रिएका छन् । प्रधानाध्यापकलाई थुन्ने क्रममा…