बुटवल १४ साउन । लुम्बिनी प्रदेश सभामा गठित विषयगत समितिका सभापतिहरूले शपथग्रहण गरेका छन् । डेढ वर्षपछि बनेका विभिन्न समितिका सभापतिहरूलाई शुक्रबार एक समारोहका बीच सभामुख पूर्णबहादुर घर्तीले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।शपथग्रहणसँगै नवनिर्वाचित सभापतिहरूले पदभार ग्रहण गरेको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभामा रिक्त रहेका चार विषयगत समिति सभापति पदका लागि…