बुटवल १५ मंसिर । लुम्बिनी प्रादेशिक अस्पतालमा करिब १० करोड रुपैयाँ लागतमा क्यान्सर स्क्रिनिङ एण्ड डाइग्नोष्टिक सेन्टर स्थापना हुने भएको छ । रोटरीको ग्लोबल ग्रान्ट प्रोजेक्ट अन्तर्गत रोटरी क्लब अफ बुटवलले मेगा प्रोजेक्टका रुपमा क्यान्सर स्क्रिनिङ सेन्टर स्थापना गर्न लागेको हो ।विशेष गरी महिलाको पाठेघर र स्तनको क्यान्सर रोग पत्ता लगाउने उद्देश्यले लुम्बिनी प्रदेशमै पहिलो…