काठमाडौँ २१ फागुन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा न्यूक्लियर मेडिसिन सेवा पुनः शुरु भएको छ । स्प्याक्ट गामा क्यामरा मेसिन मर्मतसम्भार गरी पुनः सेवा सञ्चालन गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा। देजकुमार गौतमका अनुसार अस्पतालको रेडियोडायग्नोसिस तथा इमेजिङ विभागअन्तर्गत न्यूक्लियर मेडिसिन युनिटमा क्यान्सरका बिरामीका लागि अतिआवश्यक यो मेसिन मर्मत गरी सञ्चालनमा ल्याइएको हो…