काठमाण्डौ ७ पुष । अमेरिकाको राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाउनुभएको छ ।बाइडेनले फाइजर–बायोएनटेकले बनाएको खोप लगाउनुभएको हो । खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्नका लागि आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनको प्रतिक्रिया छ । डेलवरको नेवार्कमा खोप लगाएका बाइडेनले खोपलाई लिएर चिन्ता गर्नु नपर्ने बताउनुभयो । बाइडेनकी श्रीमती डा।…