कपिलवस्तु ८, मंसिर कपिलवस्तु जिल्लामा हात्तीपाइले नियन्त्रण तथा उन्मूलनका उद्देश्यले सञ्चालन हुँदै आएको आम औषधि सेवन अभियानको १७औँ चरण आज आइतबार औपचारिक रूपमा प्रारम्भ गरिएको छ। तौलिहवामा आयोजित विशेष समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सुधा शर्मा गौतमले अभियानको उद्घाटन गर्दै यसलाई राष्ट्रव्यापी सार्वजनिक स्वास्थ्यको महत्वपूर्ण उपलब्धिसँग जोडिने कार्यक्रमका रूपमा व्याख्या गरिन्।मन्त्री शर्माले हात्तीपाइले दीर्घकालीन शारीरिक,…