कपिलवस्तु १८ कात्तिक कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले सामुदायिक कुकुरको सङ्ख्या नियन्त्रण, रेबिज रोगको जोखिम न्यूनीकरण तथा पशु कल्याणलाई लक्षित गर्दै बन्ध्याकरण कार्यक्रम सञ्चालन गरेको छ।नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा २०८३ कात्तिक १७ गतेदेखि १९ गतेसम्म नगरपालिकाको प्राङ्गणमा कार्यक्रम सञ्चालन गरिएको सहायक पशु विकास अधिकृत यमलाल पोख्रेलले बताउनु भयो । सामुदायिक कुकुरको अनियन्त्रित सङ्ख्या वृद्धि सहरी तथा…