काठमाडौँ, २९ फागुन काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सार्वजनिक पूर्वाधारलाई अपाङ्गतामैत्री तथा महिलामैत्री बनाउन निर्देशन दिनुभएको छ । आज सानो गौचरन रङ्गशाला र स्केट बोर्ड पार्कको अनुगमनका क्रममा उहाँले उक्त निर्देशन दिनुभएको हो । अनुगमन समितिका संयोजकसमेत रहनुभएकी डङ्गोलले सार्वजनिक पूर्वाधार निर्माणको डिजाइनबाट अपाङ्गता भएका व्यक्ति र महिलाको पहुँचलाई ध्यान दिनुपर्ने बताउनुभयो । सानो…