अर्घाखाँची, २३ पुस । अर्घाखाँचीको शितगंगा नगरपालिकाले गाउँमै पुगेर गर्भवती महिलाहरुको भिडियो एक्सरेसहित निःशुल्क स्वास्थ्य परीक्षण शुरु गरेको छ । गर्भमा रहेको शिशु तथा आमाको स्वास्थ्य कस्तो छ भनेर थाहा पाउन भिडियो एक्सरे तथा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको नगरपालिकाका मेयर छविलाल पौडेलले बताउनुभयो । यो क्षेत्रका गर्भवती महिलालाई स्वास्थ्य परीक्षणकै लागि सन्धिखर्क तथा बुटवल जानु…