काठमाण्डौ, १७ माघ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाविरुद्धको खोपको मौज्दात र खोप लगाएका सबै व्यक्तिको विवरण उपलब्ध गराउन पालिका र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई ताकेता गरेको छ । २४ लाख डोज खोप हराएको भनेर आलोचना भइरहेको बेला मन्त्रालयले आज सोमवार सूचना निकालेर आउँदो शुक्रवार दिउँसो ३ देखि ४ बजेसम्म तथ्याङ्क उपलब्ध गराउन भनेको छ ।…