१२ मंसिर, बाणगंगा अन्तरपालिका अनुभव आदान–प्रदान कार्यक्रमअन्तर्गत सैना–मैना नगरपालिकाका नगरप्रमुख फडिन्द्र राज शर्मा र प्रमुख प्रशासकीय अधिकृत तुलसीराम मरासिनी सहितको प्रतिनिधि टोलीले पिपरा अस्पतालको अवलोकन गरेको छ। आज पिपरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा नगरप्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा सम्पन्न बैठकमा सैना–मैना नगरप्रमुख शर्माको प्रमुख आतिथ्यता रहेको थियो। बैठकमा अस्पताल सेवा सुधार, प्रशासनिक समन्वय तथा दुवै…