पाल्पा ४ माघ — पाल्पाको निस्दी गाउँपालिका–४, मित्याल रुक्सेभन्ज्याङमा हावाबाट बिजुली निकाल्न थालिएको छ । निर्माण कम्पनीले पंखा मर्मत नगर्दा एक वर्षदेखि विद्युत् उत्पादन बन्द थियो ।पंखा मर्मत गरेपछि अहिले १५ किलोवाट विद्युत् उत्पादन भइरहेको गाउँपालिकाका अधिकृत अर्जुन खनालले बताए ।सोलारबाट भने १० किलोवाट विद्युत् उत्पादन भइरहेको थियो ।निर्माण कम्पनीको बेवास्ताले पंखा बिग्रिंदा हावाबाट उत्पादन हुने विद्युत्मा कटौती भएको…