काठमाडौं, २६ भाद्र । नेपाल प्रहरीले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा चाहिने म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।नेपाल प्रहरीले आज आइतबार एक सूचना जारी गरी निर्वाचनका लागि स्वीकृत म्यादी प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड, २०७९ अनुसार भर्ना खुलाएको हो। प्रहरीले योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त दिन आह्वान गर्न भनेको छ।…