काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतवार दुई वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गर्नुभएको हो । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उहाँले दुई अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयकाे विज्ञप्तिमा…