काठमाण्डौ १८ चैत : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयमा प्रश्न उठाउनुभएको छ । आज शुक्रवार अनेरास्ववियुको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले चुनावको मुखमा प्रधानमन्त्री भारत भ्रमण जानुको केही अर्थ रहने भन्दै नेपाल फर्किएपछि उहाँलाई सोध्ने बताउनुभयो । अध्यक्ष ओलीले सम्बोधनको धेरैजसो समय नेपाली कांग्रेसविरुद्ध खनिनुभएको थियो ।…