रुकुम पश्चिम १२ चैत - तीन दिनदेखि हराइरहेका एक युवाकाे शव फेला परेको छ । जिल्लाको मुसिकोट नगरपालिका-१ पातुखोलामा आज बिहान शव भेटिएको हो। बाँफिकोट गाउँपालिका-८ घर भएका अन्दाजी १७ वर्षका करण पुन मगरको आज बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार पालुखोलामा रहेको बङ्गुरफर्मभन्दा माथिको भिरमा…