बारा १९ चैत – जिल्ला कार्यसमितिका सदस्यहरूको मतगणनामा धाँधली गरेको आरोप लगाउँदै असन्तुष्ट पक्षले नेपाली कांग्रेस बाराको पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । नवनिर्वाचित सभापति राजेश राय यादव समूहले हिजाे बिहीवार रातिको सयममा मतपत्र रहेको कोठाको ताल्चा फाेडेर आफू पक्षीय कार्यसमिति सदस्यहरूलाई विजयी घोषणा गराएको आरोप लगाउँदै निर्वतमान सभापति जयचन्द्र चौरसिया र नवनिर्वाचित उपसभापति मनोज…