काठमाण्डौ १७ चैत । स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धन दलको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान साढे १० बजे बैठक बस्न लागेको हो । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताए । ‘बिहीबार साढे १० बजे बैठक बस्दैछ । बैठकमा स्थानीय तह निर्वाचनबारे…