काठमाण्डौ, २८ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्मचारीले सहयोग नगरेमा सरकार चल्न नसक्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा अध्यक्ष ओलीले जुनसुकै पार्टीको सरकार बने पनि कर्मचारीहरुले सहयोग गर्नुपर्ने बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसले सरकारलाई सहयोग नगर्न कर्मचारीलाई दबाब दिएको दाबी गर्दै उहाँले…