नेपाली कांग्रेस कपिलवस्तुले घर घर जाऔं कांग्रेस जिताऔं अभियानलाई तिव्रता दिएको छ । जिल्लाका १० ओटै स्थानीय तहरुमा कांग्रेसले आफनो अभियानको सुरुवात गरेको जनाएको छ । जिल्लाका प्रत्येक वडाहरुमा कांग्रेसले अभियानलाई प्रभावकारी वनाउनको लागी प्रतिनिधिहरु खटाएको जिल्ला सचिव प्रेम वहादुर रायमाझीले वताउनुभएको छ । प्रतिनिधिहरुले आफु खटिएको ठांउमा पुगेर अभियान सुरुवात गरिरहेको सचिव रायमाझीले वताउनुभयो…