प्रत्येक वर्ष मार्च ८ मा मनाइँदै आएको अन्तर्राष्ट्रिय महिला दिवसको परम्परा १ सय ११ वर्ष पुरानो भइसकेको छ। पहिलोपटक अन्तर्राष्ट्रिय महिला दिवस सन् १९११ मा मनाइएको थियो। यसले महिलालाई पुरुषसरह मानव जीवन हासिल गर्न दिएको सन्देश अझै पूरा भइसकेको छैन। मानवका रूपमा पुरुषका जति अधिकार छन्, त्यहीरूपमा महिलाले पनि आफूलाई उभ्याउन पाउनुपर्छ। सैद्धान्तिकरूपमा यसो भनिरहे…