काठमाडौं ४ फागुन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीलाई चुनाव जित्नै नदिने बताएका छन् । एमाले निकट अखिल नेपाल महिला संघले बिहीबार काठमाडौंमा गरेको कार्यक्रममा महासचिव पोखरेलले एकीकृत समाजवादीलाई हराएर भविष्यमा अस्तित्व नै नरहने अवस्थामा पुर्याइदिने दावी गरेका हुन् । ‘अहिले हामीले माधव नेपालको पार्टीलाई किन मान्यता दिएका छैनौं भन्दा…