कपिलवस्तु ३ फागुन /कपिलवस्तुको विजयनगर गाउँपालिकाका अध्यक्ष गाेपाल बहादुर थापाले अहिले विजयनगर गाउँपालिका आधारभूत स्वास्थ्य सेवा सुविधाहरूमा सम्पन्न हुँदै गइरहेको बताउनुभएकाे छ । उहाँले स्थानीय सरकार आइसकेपछि गाउँपालिकाले स्वास्थ्य क्षेत्रकाे विकासमा छिटै फड्को मार्न सफल भएकाे बताउनुभयो ।उहाँले भन्नुभयो “आधारभुत सेवाका लागि पालिकाबासीले बाहिर जानै पर्दैन” साेमबार गाउँपालिकाकाे सभा हल खडैचामा आयाेजित एक सम्मान कार्यक्रममा…