काठमाडौं २० फागुन । नारायणी नदीमा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ। आज दिउँँसो भरतपुर महानगरपालिका–३ स्थित नारायणी नदीमा पौडी खेल्न गएका उनीहरूको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ विकासचोक घर भएका १० वर्षीय बिदान गौतम रहेका छन्। अर्का अन्दाजी ११–१२ वर्षीय बालकको परिचय खुल्न सकेको…