बनेपा १९ फागुन – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय संसद्बाट एमसीसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबार आयोजित नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको ५०औं बैठकमा उनले अरु पार्टीमा जस्तो कांग्रेसभित्र कसैको फरक मत नरहेको बताए । आम नेपाली जनताको चाहनाअनुसार सबै दलले…