काठमाडौं २ मंसिर । एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली दोहोरिएर अध्यक्ष बन्ने छन् भन्ने सामान्य भइसकेको छ। अध्यक्षमा ओलीको सम्भावना शतप्रतिशत रहे पनि अन्य पदमा को रहने भन्नेमा नेताहरूले उनकै प्रस्ताव कुरेर बसेका छन्।अध्यक्षपछिको वरिष्ठ उपाध्यक्षमा धेरैले वर्तमान महासचिव ईश्वर पोखरेललाई हेरेका छन्। पोखरेल स्वयंले पनि आफू वरिष्ठ उपाध्यक्षको स्वाभाविक दाबेदार रहेको सेतोपाटीसँगको…