धनगढी, ७ कार्तिक । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्व राजा ज्ञानेन्द्र शाहले धम्क्याउन थालेको बताएका छन् । कैलालीको धनगढीमा आज (शनिबार) आयोजित एक कार्यक्रममा पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमा पूर्वराजाले उपदेश दिनु राम्रो नभएको बताए ।‘आज राजाले धम्क्याउन थालिसके, ज्ञानेन्द्रले उपदेश दिन थाले,’ आक्रोशित हुँदै उनले भने, ‘ज्ञानेन्द्रले उपदेश दिने हो आजको संघीय लोकतान्त्रिक…