रुपन्देही १फागुन । नेपाल सरकारका उर्जामन्त्री एवं नेकपा नेता टोपबहादुर रायमाझीले प्रचण्ड समूहले गलत प्रचार गरेर जनतामा भ्रम पैदा गरेको बताउनुभयो । प्रेस संगठन लुम्बिनी प्रदेशस्तरीय भेलालाई शुक्रबार बुटवलमा सम्बोधन गर्दै मन्त्री रायमाझीले मूलधारबाट पूर्व माओवादीका दुई मन्त्री हामीतिरै आउँदै छन् भनेर प्रचण्डले गलत प्रचार गरेको बताउनुभयो । मूलधारबाट जाने नभइ मूलधारतिर फर्कनेको संख्या बढेको उहाँले…