अर्थ-वाणिज्य

बुटवलदेखि २ किलोमिटर दुरीको केवुलकार लाइन निर्माणका लागि अर्थमन्त्री पौडेलद्धारा शिलान्यास



बुटवल ९ फागुन । ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा प्राकृतिक हिसाबले पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको पाल्पाको तिनाउ–२ मा अवस्थित नुवाकोट गढीसम्म पुग्न केवुलकार सञ्चालनमा आउने भएको छ । बुटवलदेखि करिब २ किलोमिटर दुरीको केवुलकार लाइन निर्माणका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गरेका छन् ।

नुवाकोटमा केबलकार सञ्चालनको लागि सिद्धार्थ केबलकार प्रालीले यस अघि नै सरकारबाट वन क्षेत्र उपयोग गर्ने स्वीकृती लिएर केही काम अगाडि बढाइसकेको छ । केबलकारको लागि छपान र रुख कटानको काम भइरहेको प्रालीका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिए । १८ महिना भित्रै बुटवल–नुवाकोट केवुलकार सञ्चालनका लागि करिब ७५ करोडको लगानीमा निर्माणको काम हुन लागेको हो । ५० जना पर्यटन व्यवसायीहरु आवद्ध सिद्धार्थ केवलकार प्रा।लि।ले निर्माणको जिम्मा पाएको हो ।

मनोरम हिमश्रींखलाका साथै तराईका फाँट र भैरहवासम्मका दृष्य देख्न सकिने नुवाकोट गढीसम्म पुग्नका लागि केवुलकार विस्तार हुने भएपछि पर्यटकलाई सहज हुने भएको छ । २२र२४ से राज्यका बेला राजा मणिमुकुन्द सेनको गृष्मकालिन दरबार, तोपहान क्षेत्र, खरखजनाघर, रानीकुवा समेत रहेको नुवाकोट सम्म पुग्न केवलकार सञ्चालनसँगै यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने व्यवसायीहरुले विश्वास व्यक्त गरेका छन् ।

रुपन्देहीको बेलबास शान्तिचोकबाट ११ किलोमिटर दुरीमा रहेको नुवाकोटहुँदै दोभान जोड्ने सडक बनेपछि सहज बनेको नुवाकोट यात्रा केवुलकारले थप सहज बनाउने भएको छ । ऐतिहासिक स्थल मणिमुकुन्द सेन उद्धानबाट २ घण्टाको पैदल यात्रा गरी जान सकिने नुवाकोटलाई रुपन्देहीको ऐतिहासिक स्थल जीतगढी किल्लासँग जोडेर विकास गर्ने सरकारको लक्ष्य रहेको छ ।

प्रकाशित : ९ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६