मोरङ, २४ मंसिर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माआवादीले मोरङ मिक्लाजुङ गाउँपालिका– १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको छ । मंगलबार बिहान हतियारसहित आएका विप्लवका कार्यकर्ताले उनलाई बर्खेटोलस्थित घरबाटै अपहरण गरेका थिए । हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सरकारले २८ फागुन ०७५ देखि विप्लव माओवादीलाई प्रतिबन्ध लगाएको छ । यसअघि विभिन्न ठाउँमा बम…