पर्यटन

सगरमाथाको उचाईबारे नेपाल र चीनले गरेको संयुक्त सर्भेको रिपोर्ट भोलि सार्वजनिक हुने



बुटवल २२ मंसिर ।  विश्वको सर्वोच्च चुचुरो सगरमाथाको उचाईबारे नेपाल र चीनले गरेको संयुक्त सर्भेको रिपोर्ट भोलि सार्वजनिक हुने भएको छ । मंगलबार दिउँसो दुई बजेपछि नेपालको नापी विभाग र चीनको सम्बन्धित निकायबीच हुने भर्चुअल कार्यक्रमलाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ । सगरमाथाको यसअघिको उचाईमा झन्डै आधी मीटरबाहेक खासै परिवर्तन नभएको उच्च स्रोतको दाबी छ ।

सो क्रममा सिरहाको समथर भूभागदेखि सगरमाथा नजिकैको पताले भन्ज्याङ्गडाँडासम्मको तीनसय किलोमिटर लम्बाइ भूभागको एक एक गरेर उचाई नापिएको थियो । सगरमाथा वरिपरिका छ हजार मीटर माथिका अन्य १२ वटा पहाड,डाँडा र चुचुरोको समेत डिटेल नाप लिइएको थियो । त्यसपछि बल्ल सगरमाथाको टुप्पोमा सबै उपकरण लिएर एक घण्टामा नाप लिने काम सम्पन्न गरिएको हो ।

उक्त कार्यमा सहभागी प्राविधिकहरूलाई पनि भोलि नै सम्मानस्वरूप प्रशंसापत्र प्रदान गर्ने कार्यक्रम छ । सगरमाथाको टुप्पोमा नापी विभागका दुई जना कर्मचारी मात्र पुगेका थिए । सगरमाथा चढेर नाप यकिन गर्ने विभागका कर्मचारीमा खिमलाल गौतम र रविन कार्की हुन् । सो कार्यमा संलग्न अन्य सबै कर्मचारी र प्राविधिक गरी १ सय १२ जनाभन्दा बढी थिए ।

उता,नेपाल-भारतबीच पेचिलो बन्दै गएको सीमासम्बन्धी विषय परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आगामी भ्रमणमा उठ्ने भएको छ । स्रोतका अनुसार भ्रमणमा कालापानी र सुस्ताको बारेमा मात्र कुरो हुने छ । भ्रमण टोलीमा कुन कुन मन्त्रालय वा निकायका पदाधिकारी संलग्न हुन्छन् अझै निक्र्यौल भइसकेको छैन । भारतीय विदेश सचिवले हालै गरेको नेपाल भ्रमणको क्रममा दुई देशका सीमासम्बन्धी संयुक्त टोलीको बैठकमा उक्त विषय उठाउने सहमति भएको स्रोतको दाबी छ ।जन आस्थाबाट साभार 

प्रकाशित : २२ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६