कपिलवस्तु ३१ बैशाख । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोग तथा न्यायाधिवक्ता नियुक्तिमा ढिलाइ गर्दा आगामी बजेट निर्माण र विभिन्न कानुनका विषयमा समस्या भइरहेको छ । प्रदेश सरकारले अहिले बजेट निर्माणको तयारी गरिरहेको छ । तर योजना आयोगमा कुनै पदाधिकारी नहुँदा आवश्यक नीति निर्माण तथा योजनाका महत्त्वपूर्ण कामहरू कमजोर भएका छन् । चैत २३ मा…