काठमाडौं ९पुस।देखिने गरी काम नगरेको भन्दै मन्त्री हेरफेरको गृहकार्य गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई एक महिनाको मौका दिएका छन्।समयसीमाभित्र काम गर्न सके कायम राख्ने र नसक्नेलाई बिदा गर्ने उनको योजना छ। अहिले प्रचण्ड मन्त्रीहरूको छुट्टाछुट्टै प्रगति विवरण सुनिरहेका छन्। प्रचण्डको सचिवालयका एक सदस्यले बताएअनुसार मन्त्रीलाई ३० दिनको समयसीमा नै दिएर काम देखाउन भनेका हुन्।…