काठमाडौं १५ चैत । रुस र युक्रेनबीच आज पनि टर्कीमा शान्ति वार्ता हुँदैछ । वार्तामार्फत रुसलाई तत्काल युद्धविराम गराउने युक्रेनको चाहना छ । युद्धविरामसँगै अन्य सम्पूर्ण विषयमा सहमति खोज्नुपर्नेमा युक्रेनका विदेशमन्त्री द्विमित्रो कुलेबाको जोड छ । हिजो मात्रै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि आफ्नो देश तटस्थ हैसियत कायम गर्नेबारेको छलफल गर्न तयार रहेको…