माघ, १० एजेन्सीदक्षिण अफ्रिकाबाट एम्स्टर्डमको सिफोल विमानस्थलमा अवतरण गरेको एक विमानको पाङ्ग्राको खण्डमा एक व्यक्ति जीवितै भेटिएका नेदरल्यान्ड्सको प्रहरीले बताएको छ । जोहानेसबर्गबाट एम्स्टर्डमसम्मको उडान झन्डै ११ घण्टा लामो हुन्छ, यो कार्गो ९सामान बोक्ने० विमान केन्याको नैरोबीमा एक पटक रोकिएको मानिएको बीबीसीले जनाएको छ । उच्च उचाइमा चिसो र कम अक्सिजनका कारण लामो उडानमा स्टोवावे…