बीबीसी ९ कार्तिक । वैज्ञानिकहरूले कोरोनाभाइरस सङ्क्रमण भएका मानिसहरूका खुट्टा वा हातका औँलामा छालाको समस्या देखिनुको कारण व्याख्या गर्न सकिने बताएका छन्। "कोभिड टो" नाम दिइएको उक्त अवस्थामा मानिसहरूको खुट्टा या हातको औँला सुन्निने र तिनमा चिलाउनेगरी रातो दाग देखा पर्छ।शरीरको प्रतिरक्षा प्रणालीले भाइरसविरुद्ध लड्न आक्रामक रूप लिँदा त्यसको प्रभावस्वरूप कोभिड टो देखा पर्ने जनाइएको…