काठमाण्डौ, १५ कार्तिक । विश्वका ठूलो अर्थव्यवस्था भएका देशहरुको समूह जी २० मा कार्बन उत्सर्जनलाई घटाउँदै लैजाने सहमति भएको छ । जी २० का नेताहरुले विश्वमा भइरहेको तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्रीमा सीमित राख्न सार्थक एवं प्रभावकारी योजना बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।इटलीमा दुई दिनसम्म भएको जी २० शिखर सम्मेलनमा जलवायु परिवर्तनका…