काठमाण्डौ ९ असोज । दक्षिण भारतीय तथा हिन्दी चलचित्रका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । ७४ वर्षीय बालासुब्रमण्यमको चेन्नईको एक अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हिन्दी चलचित्र हेर्ने नयाँ पिढीका केही व्यक्तिहरुले बालासुब्रमण्यमको नाम नसुनेको पनि हुन सक्छ तर अभिनेता सलमान खान हिन्दी चलचित्रमा आएको केही वर्षसम्म एसपी बालासुब्रमण्यमलाई सलमान…