काठमाण्डौ ९ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने भ्रमणका लागि बङ्गलादेश प्रस्थान गर्नुभएको छ । उहाँ बिहान ८ बजेर ४० मिनेटमा नेपाल एअरलाइन्सको उडानमार्फत ढाका प्रस्थान गर्नुभएको हो ।राष्ट्रपति भण्डारीको बिदाइका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत उच्च पदस्थ अधिकारी त्रिभुवन विमानस्थलमा पुग्नुभएको थियो । बङ्गलादेशका…