अन्तर्राष्ट्रिय

एनआरएनए बेल्जियमको निर्वाचनमा हानाहान ,केहि शक्त घाइते



वेल्जियम ११ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको निर्वाचनमा हानाहान भएको छ । सात वटा बुथमा भएको मतदानमध्ये एन्टर्पेन बुथमा भने मतदानको अन्तिम समयमा झगडा भएको हो ।आगामी कार्यकाल २०२१–२३ का लागि नेतृत्व चयन गर्न हुन लागेको चुनावी प्रक्रियाका क्रममा कुटाकुटको अवस्था सिर्जना भएको हो ।

यसपटकको चुनावमा अध्यक्ष पदका लागि उपाध्यक्ष खड्कबहादुर केसी, वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य व्यवसायी अनुजा प्रधान र सीपी भट्टको उम्मेद्वारी परेको छ ।अध्यक्षको दावी गरिरहेका तीनैजना उम्मेद्वारहरु बेल्जियमका ब्यवसायी हुन् भने भट्ट अघिल्लो एनसीसीमा मनोनित कार्यसमिति सदस्य हुन् ।निर्वाचनमा हुने विभिन्न पदको लागि कुल ३६ जनाको उमेदवारी परेको छ । केसी समूहबाट १० भन्दा बढी उम्मेदवार निर्विरोध निर्वाचित समेत भइसकेका छन् ।

गैर आवासीय नेपाली संघ एनआरएनए बेल्जियममा यो पटक नयाँ तथा पुराना गरी २ हजार १६२ जनाले मात्र पंजिकृत सदस्यता लिएका छन् ।एनआरएनए बेल्जियमको निर्वाचन सातै क्षेत्रमा शान्तिपूर्ण रुपमा भइरहेको थियो । निर्वाचनको समय सकिनै लाग्दा ४ः४५ मा ४–५ जना बिदेशी मुलका ब्यक्तिहरु अकस्मात एन्टर्पेन हलभित्र प्रबेश गरी मतपेटिका तान्ने, फुटाउने गरे ।सो हलमा मतपेटिका तोडफोड गर्न लागेपछि सुरक्षाकर्मी, निर्वाचन आयुक्त र महिलाहरुले प्रतिरोध गरेका थिए ।

कोषाध्यक्षका उम्मेदवार लोकेन्द्र नेपाल र एनआरएनए बेल्जियमकी पूर्वउपाध्यक्ष सारदा अर्याल, क्षेत्री समाज बेल्जियमकी अध्यक्ष मुना केसीमाथि कुर्सी प्रहार गरी सख्त घाइते बनाएका छन ।।यस्तो घटना किन र कसले घटायो ? भनी हलमा उपस्थित ब्यक्तिहरुलाई सोध्दा ती आक्रमण गर्ने ब्यक्तिहरु केही समयअघि पनि हलमा आएका र उनीहरुलाई यहाँ किन आएको भनी सोध्दा अध्यक्षका उमेदवार चेतप्रसाद भट्टको छोराले बोलाएर आएको भनेको र पछि त्यही ब्यक्तिहरु हलमा प्रवेश गरी आक्रमण भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

निर्वाचन समितिले हलमा प्राप्त भिडियोको आधारमा केही व्यक्तिलाई कानुनी कार्बाहीको लागि बेल्जियम प्रहरीमा जानकारी गराइ सकिएको जानकारी दिएको छ । छिट्टै नै घटना गराउन नियोजित रुपमा भूमिका खेल्ने सबैको मुखुण्डो उतारिने जनाएको छ ।

निर्वान समितिले भनेको छ, ‘निर्वाचनको सम्पूर्ण प्रक्रिया सकिएर ६ वटा क्षेत्रको मतपेटिका निर्वाचनको कार्यालयमा प्राप्त भएको र एन्टर्पेन क्षेत्रको पनि जे जस्तो थियो, त्यही अवस्थामा मुचुल्का तयार गरी राखी अब के गर्ने भन्ने सम्बन्धमा छलफलको लागि निर्वाचन समितिले तिनैजना उमेदवारलाई सरसल्लाहको लागि बोलाउँदा खड्क केसी र अनुजा प्रधान दुईजना उपस्थित भएकोमा उहाँहरु सबै निर्वाचन क्षेत्रीय संयोजक निर्वाचन अनुगमन प्रतिनिधिको रोहबरमा मतपेटिका सुरक्षित ठाउँमा तालाबन्दी गरी राखिएको जानकारी पनि गराउन चाहान्छौं ।’

प्रकाशित : ११ श्रावण २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६